गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको शिलान्यास गरेका छन् ।
सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङक्रमणले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको बताउँदै मुख्यमन्त्री गुरुङले यस अस्पताललाई गण्डकी प्रदेशको मात्र नभई देशको नै आशा भरोसायुक्त अस्पतालको रुपमा विकास गरिने बताए । अस्पतालको भौतिक पूर्वाधार विकास मात्र नभई आवश्यक दक्ष जनक्तिको व्यवस्था गरिने कुरामा आफु प्रतिवद्ध भएको बताउँदै उहाँले मानव जीवनको रक्षार्थ गरिने यस किसिमका विकास निर्माणलाई सवैको साथ र सहयोग आवश्यक हुने बताए ।
कोरोना परिक्षणको नतिजा ढिलो आउने गरेको जनगुनासोलाई सम्वोधन गर्दै २४ घण्टा भित्रमा नतिजा उपलव्ध गराउनेतर्फ प्रदेश सरकार लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालको पहिलो वर्षमा ५० शय्या, दोश्रो वर्षमा ५० हुँदै कूल दुई सय शय्या पुर्उने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा।डा। कृष्णप्रसाद पौडेलले तीन तहका सरकार, स्थानीय समुदाय स्वास्थ्यकर्मीको समन्वय र सहकार्यमा तोकिएको समय एवम् गुणस्तरीय निर्माणमा जोड दिइने बताए ।
स्थानीय सक्रियता एवम् लायन्स अस्पतालको रुपमा सञ्चालीत उक्त अस्पताललाई डेढ वर्ष अघि प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पतालका रुपमा परिणत गरी स्वास्थ्य सेवा प्रदान गर्दे आएकोमा हालसम्म छ सय कोरोनाका बिरामीको उपचार गरेको अस्पतालका कार्यकारी निर्देशक डा। विकास गौतमले जानकारी दिए ।
मुख्यमन्त्री गुरुङले सोही अस्पतालमा व्यवस्था गरिएको सात शय्याको सघन उपचार कक्ष ९आइसीयू० सेवाको समेत शुभारम्भ गरे । अस्पतालको जग्गा एक सय रोपनी रहेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो