पोखरा – मंगलबार कास्कीका ४४० सहित गण्डकीमा थप १५४९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३ हजार ३६८ जनामा गरिएको नमुना परीक्षणमा थप १५४९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित कास्कीका ४४० जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका २३९ जना, नवलपुरका १५६ जनार स्याङ्गजाका २४० जना छन्।
यस्तै, पर्वतका ९२ जना, बाग्लुङका दुई जना, म्याग्दीका ५१ जना र मुस्ताङ जिल्लाका ४४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६ हजार ८७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १२७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ।
मंगलबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ।
आज पुष्टि भएका मृतकहरु कास्कीका नौ जना, तनहुँका दुई जना, गोरखाका एक जना, लमजुङका एक जना, नवलपुरका एक जना, स्याङ्गजाका दुई जना, पर्वतका एक जना, बाग्लुङका एक जना र मुस्ताङ जिल्लाका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७० पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
०८४ को निर्वाचन पछि एमालेको एकल सरकार हुनुपर्छः ओली
पर्यटकले भरिँदै घलेगाउँ
नवराज बिकसहित ६ जना मारिएका सोती घटनाको फैसलाः २३ जनालाई जन्मकैद
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
पुनहिलमा साढे चार महिनामा १२ हजारभन्दा बढी पर्यटक पुगे
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका