गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १६ गते बोलाइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १६ गते दिउँसो १ बजे सभागृहमा अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
कोरोनाको अवस्था सामान्य बन्दै गएपछि नदिपुरस्थित प्रदेशसभा भवनमै बैठक बस्न थालिएकोमा फेरि पोखरा सभागृहमै अधिवेशन बस्ने भउको छ । गत वर्ष पनि पाेखरा सभागृहमै बजेट अधिवेशन भएकाे थियाे ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २९ भित्र विश्वासको मत लिनुपर्ने र बजेट असार १ सम्म ल्याउनुपर्ने भएकाले प्रदेश सभा बैठक डाकिएको हो । मुख्यमन्त्री गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ भने त्यस अगावै नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ ।
यो अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् भने अर्को सरकार गठन पनि सहज छैन । यसले
गण्डकी पनि मध्यावधिकै बाटोमा जाने देखिएको छ । बजेट अगावै सरकार फेरबदल भएमा वा मुख्यमन्त्रीले बजेट ल्याउन नसकेमा काम चलाउन सरकारले अध्यायदेशमार्फत पनि बजेट ल्याउनुपर्ने अवस्था आउन सक्छ ।
गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै वैशाख १३ गतेबाट विशेष अधिवेशन चलेको थियो ।
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका