नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि इराक प्रस्थान गरेको छ। कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली मंगलबार राति १० बजे त्यसतर्फ प्रस्थान गरेकाे हो।
कतार एयरवेजकाे चार्टर उडानमार्फत् दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। २३ खेलाडीसहित ३६ सदस्यीय टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा)ले बेहोर्ने एन्फाले जानकारी दिएको छ।
टोलीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवाल पनि इराक पुग्नेछन्। नेपालले जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालले यसअघि इराकसँग सन् २००१ मा खेलेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।
फिफा वरीयतामा नेपाल १७१औं र इराक ६८औं स्थानमा छ। इराकविरुद्धको खेलपछि जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जानेछ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ। नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले पाँच खेल खेल्दै तीन अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ। पाँच खेलमा एक जित र चार खेलमा हार बेहोरेको नेपाल चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।
विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउनेछ। अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।
नवनियुक्त प्रशिक्षण अलमुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलाे खेल खेल्दै छ। एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
उनले आगामी खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। उनले भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रवि पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङजस्ता खेलाडीहरुलाई विश्राम दिएर नयाँ खेलाडीलाई मौका दिएका छन्।
विशाल सुनार, आयुस घलान, मनिष डाँगी, सुरज जिउ ठकुरीलगायत खेलाडीले पहिलोपटक टोलीमा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले पुनरागमन गरेका छन्।
एन्फाले साेमबार २३ खेलाडीसहित ३६ सदस्यी टोलीको काेराेना परीक्षण गरेकाे छ। साेमबार बिहान उनीहरुकाे काेराेना परीक्षण गरिएकाे छ। साेमबारै आएकाे रिपाेर्टमा कसैलाई काेराेना नदेखिएकाे एन्फाले जनाएकाे छ। यसैसँगै नेपाली टाेलिकाे इराक जाने ढाेका खुल्ला भएकाे छ।
यस्तो छ नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
सम्बन्धित खबर
हुरीले घर भत्कँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान
प्रेस चौतारीको ‘प्रशिक्षण वर्ष–२०८२’ को लोगो सार्वजनिक
नागढुंगामा ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी सहायक हवल्दार
सिटामोल तथा जीवनजल खरिदका लागि स्वास्थ्य सेवा विभागद्वारा नेपाल औषधि लिमिटेडसँग पत्राचार
काठमाडौँमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही