पोखरा । बुधबार कास्कीका ३७० सहित गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार २२३ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका ११ जिल्लाका छन् । जसअनुसार कास्कीका ३७० जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना, नवलपुरका ११८ जना र स्याङ्गजाका ५० जना छन् ।
यस्तै पर्वतका ६५ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३६ जना, मुस्ताङका आठ जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज थपिएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७ हजार ९५४ पुगेको छ । जसमा १० हजार ७३९ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीमा ९४१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ६३८ पुगेको छ।
बुधबार पनि गण्डकीमा सात जनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, लमजुङका एक जना र स्याङ्गजाका दुई जना छन्।
योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७७ पुगेको निर्देशनालयले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग