बागलुङ । ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्र्रेसका युवा नेता जीत शेरचन र समाजसेवी विपिन मल्लको पहलमा चार लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पश्चिम बागलुङको प्रमुख स्वास्थ्य संस्थाका रुपमा रहेको उक्त केन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालित छ ।
केन्द्रमा आयोजित कार्यक्रममा शेरचनले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई ती सामग्री हस्तान्तरण गरेका थिए । कोरोना महामारीविरुद्धको लडाइमा अत्यावश्यक उपकरण अक्सिजन कन्सन्ट्रेटर तीन, अक्सीमिटर २५, मास्क चार हजार थान, स्यानिटाइजर २० लिटर, सिटामोल आठ सय स्टिक र आइसोलेसन शय्याका लागि १५ थान तन्नालगायत गरी रु। चार लाख बराबरको सामग्री प्रदान गरिएको शेरचनले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि फाउण्डेशनका अध्यक्ष देवेन्द्र हमाल, सदस्य लोमश रेग्मी, हरिहर भण्डारी, राजु बज्राचार्य र राधा बरालले आर्थिक सहयोग गरेका थिए । “कोरोना रोकथाम र उपचारमा सहयोग पु-याउने अभियानमा छौँ, बुर्तिबाङ बजारका सर्वसाधारणलाई मास्क पनि वितरण ग र्यौँ”, उनले भने।
ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आफूहरुको पहल र सक्रियता रहीरहने शेरचनको भनाइ छ । नगरप्रमुख नेपालीले विपद्को सामनाका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
सम्बन्धित खबर
बागलुङमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बागलुङमा एमालेको संकल्प यात्राका दुई दिन विविध कार्यक्रम गरिने
इमेज सहकारी ठगीको फरार सूचीमा रहेका ढोरपाटनका मेयर नेपाली फेसबुकबाट सार्वजनिक [भिडियो]
बागलुङमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु
बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका