पोखरा । बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ६ जना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँका तीन जना, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका एक-एक गरी छ जना छन् । मृतकहरु सुत्केरी, डायलोसिस गरिरहेका, कलेजोको समस्या भएका र केही सामान्य बिरामी छन् ।
अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो । अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बरालले जानकारी दिए ।
यता, अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको स्वीकार गरेपनि अन्य बिरामीमा भने दीर्घ रोगले बढी च्यापेको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखियो । “हाइफ्लोमा अक्सिजन दिँदा प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुन्छ, डा. बरालले भने।”
अक्सिजन अभावमा मृत्यु भएपछि अस्पतालले बेलैमा आफूहरुलाई सचेत गराइदिएको भए जसरी पनि अक्सिजन जोहो गर्ने सकिने मृतकका आफन्तहरुले सम्भावना व्यक्त गरे । “अस्पतालले अक्सिजनको अभाव छ, समयमा नआउन सक्छ, खोज्दै गर्नुस् भनेको भए, जसोतसो जोहो गर्थ्यौं, एक आफन्तले गहभरी आँशु पार्दै दुखेसो पोखे।”
बिहीबार दिउँसोबाटै पोखरामा विद्युतको नियमित आपूर्ति नहुँदा अक्सिजन उद्योगमा उत्पादन प्रभावित बनेको थियो। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका