काठमाडौँ । संसद विघटनसम्बन्धी परेका रिट निवेदनमाथि भएको शुक्रबार (आज) को सुनुवाइ सकिएको छ ।
आज भएको बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेपछि विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारसम्मका लागि स्थगित भएको हो ।
बहसमा न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दीलगायत कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायत वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी बन्दीको भनाइको पक्षमा उभिएका थिए । विवादकै बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजको सुनुवाइ हेर्दाहेर्दैमा रहेको भन्दै आइतबारसम्मका लागि स्थगित गरेका छन् ।
संसद विघटनसम्बन्धी परेका रिटमाथि प्रधानन्यायाधीश जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर आज सुनुवाइ सुरु भएको थियो । ३० वटा रिटको सुनुवाइका लागि प्रधानन्यायधीश जबराले आफू र श्रेष्ठसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका