पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना संक्रमणको रोकथाम, निदान नियन्त्रण र उपचारका लागि प्रदेशका स्वास्थ्य सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री गुरुङले बैठकमा जिल्ला स्वास्थ्य कार्यालय, प्रमुखहरु, जिल्ला अस्पतालका मेसुहरु, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरु र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशकहरुलाई स्वास्थ्य मन्त्रालयको तर्फबाट निम्नानुसारको बजेट उपलब्ध र निर्णयबारे जानकारी समेत गराएका छन् ।

– निर्णयहरु निम्नानुसारका छन् !
१ औषधी खरिदका लागि सबै ११ जिल्ला स्वास्थ्य कार्यालयहरुलाई ५/५ लाख रुपैयाँ ।
२ अक्सिजन फिलिङ र ढुवानीका लागि जिल्ला अस्पतालहरुलाई ५/५ लाख रुपैयाँ ।
३ कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन जिल्ला अस्पतालहरुलाई ५/५ लाख रुपैयाँ ।
४ डिसिसिएमसीहरुलाई कोभिड व्यवस्थापनका लागि थप २/२ लाख रुपैयाँ ।
५ जनचेतना वृद्धि र खोज अनुसन्धानका लागि जिल्ला आयुर्वेद औषधालयहरुलाई २/२ लाख रुपैयाँ ।
६ गाउँगाउँमा एन्टिजेन परीक्षण दायरा बढाउने ।
७ समयमा कोभिड परीक्षणका लागि कर्मचारीहरुलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र टिम बनाएर गाउँगाउँ खटाउने ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो