पाँचथर । परीक्षण गर्न नमानेका एक पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ३ चिम्फुलाका ६३ वर्षीय पुरुष आज दिउँसो घरमै मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको घरमै मृत्यु भएको हो ।
ती व्यक्तिमा मृत्युपछि गरिएको एण्टिजेन परीक्षणमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अध्यक्ष कुरुम्बाङले जानकारी दिए । केही दिनअघि नै मृतकको परिवारका सदस्यहरूमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको थियो । मृतकमा समेत कोभिड–१९ सँग मिल्दाजुल्दो लक्षण देखिएको र उनीबाट आफूहरूमा सङ्क्रमण भएको सङ्क्रमण भएको उनका छोरा, बुहारी तथा छोरीले बताएका थिए ।
परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मी समेतको आग्रह नमानेका उनमा ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन् । मृतकको शरीरलाई घर नजिकै धार्मिक मान्यताअनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष कुरुम्बाङले जानकारी दिए।
यो घटनासँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई जिल्लामै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने यहाँ सङ्क्रमण पुष्टि भएका थप तीन जनाको उपचारका क्रममा झापामा मृत्यु भएको छ ।
सम्बन्धित खबर
विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका व्यक्ति जीवितै
नेपाल–भारत सीमा क्षेत्रमा विराटनगरका युवकमाथि गोली प्रहार
उड्दै गरेको तारा एयरको झ्यालको सिसा खस्यो
आज बालाचतुर्दशी : पितृका नाममा शतबीज छरिँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
विमानस्थलबाट साढे ६ केजी सुन बरामद
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका