पोखरा । सामाजिक सेवामा विश्वव्यापी ब्राण्ड बनाएको लायन्स क्लब अन्तराष्ट्रियको मल्टीपल ३२५ को यही जेठ २१ र २२ गते अधिवेशन हुने भएको छ ।
अधिवेशन नजिकिएसंगै अन्तराष्ट्रिय डाइरेक्टर पदमा ‘को चुनिने’ भन्ने बिषयले अझ बढी महत्व पाएको छ ।
डिष्ट्रिक ३२५ बि १ को तर्फबाट अन्तराष्ट्रिय डाइरेक्टर पदमा उमेदवार बनेका बालकृष्ण बुर्लाकोटी सहज जितको अपेक्षा सहित सामाजिक सेवा र चुनावी अभियान दुबैमा लागिपरेका छन् । बुर्लाकोटीलाई नजिकबाट चिन्नेहरु उनको अद्भुत नेतृत्व क्षमता र लोकप्रिय व्यक्तित्वका कारण पनि उनको सहज जितको आँकलन गर्दछन् ।
‘यदि तपाइको जित भएमा देशलाई के फाइदा हुन्छ ?’ भन्ने हाम्रो सवालमा उनी भन्छन् – “ठुला र स्थायी परियोजना भित्राउने र सामाजिक कार्यमा नेपाललाई विश्वभर चिनाउने मेरो योजना छ ।” नेपालमा हाल ४ वटा डिष्ट्रिक रहेको र सबैबाट उल्लेख्य सहयोग र सद्भाब आफुप्रति रहेको बताउने बुर्लाकोटी लायन्स अभियानलाई नेपालमा सामाजिक सेवाको पर्यायको रुपमा स्थापित गरी छाड्ने अठोट आफुसँग रहेको बताउँछन् ।
अन्तराष्ट्रिय डाइरेक्टर पदका लागि नेपालबाट बुर्लाकोटी बाहेक डिष्ट्रिक ३२५ ए १ बाट खगेन्द्र सिटौला समेत छन् भने, हालसम्म उक्त पदमा नेपालबाट सन्जय खेतान मात्र पुग्न सकेका छन् । स्मरण रहोस् हालको असहज परिस्थितीमा समेत लायन्सले आफ्नो सामाजिक धर्म विभिन्न कार्य मार्फत निभाउदै आइरहेको छ ।
हालैमात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन्स क्लब डिष्ट्रिक ३२५ बि १ को सहयोगमा सम्पन्न भई संचालनमा आइरहेको छ ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे