गण्डकीमा घटेन संक्रमितको मृत्यु संख्या, पोखराका ३५ वर्षीय युवकसहित थप १७ जनाको मृत्यु पुष्टि

गण्डकीमा घटेन संक्रमितको मृत्यु संख्या, पोखराका ३५ वर्षीय युवकसहित थप १७ जनाको मृत्यु पुष्टि

corona-death

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका ८४२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षणमा थप ८४२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५६ जना, तनहुँका ६१ जना, गोरखाका २४० जना, लमजुङका ३७ जना, नवलपुरका ९७ जना र स्याङ्गजाका ६७ जना छन् ।

यस्तै, पर्वतका ३६ जना, बाग्लुङका ११० जना र म्याग्दी जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ९५९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ।

सोमबार पनि गण्डकीमा १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, तनहुँका चार जना, लमजुङका एक जना, स्याङ्गजाका दुई जना, नवलपुरका तीन जना, बागलुङका दुई जना र म्याग्दीका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६७८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ