गोरखा । बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
“सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पु¥याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउनका लागि अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने, “अस्पतालमा चिकित्सक, स्टार्फ नर्स तथा हेल्थ असिस्टेन्टसहितको स्वास्थ्यकर्मीको टोली रहने गरी अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।”
बारपाकमा एकै ठाउँमा कोरोना सङ्क्रमणदर उच्च भएकाले पनि त्यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोभिड अस्पताल निर्माण नगरी नहुने अवस्था भएकाले गृहकार्य शुरु गरिएको अध्यक्ष भट्टको भनाइ छ । अस्थायी कोभिड अस्पताल निर्माणका लागि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको र केन्द्रले पनि केही जनशक्तिको उपलब्ध गराइसकेको अध्यक्ष भट्टले जानकारी दिए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु