पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीका ६८० जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ५५४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १५५ जना, तनहुँका ४९ जना, गोरखाका ७५ जना, लमजुङका ४४ जना, नवलपुरका १२२ जना र स्याङ्गजाका ४९ जना छन् ।
यस्तै, पर्वतका ४८ जना, बाग्लुङका ११८ जना र म्याग्दी जिल्लाका २० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ४२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ९४६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार २५० पुगेको छ।
शुक्रबार पनि गण्डकीमा १० जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका विभिन्न अस्पतालमा उपचाररत विभिन्न जिल्लाका सात जना, म्याग्दीको बेनी अस्पतालमा उपचाररत दुई जना र नवलपुरको कावासोती नगरपालिका -८ स्थित होम आइसोलेसनमा बसेका एक पुरुष छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’