हावाहुरीका कारण पोखरा आसपासमा मकै बालीमा क्षति

हावाहुरीका कारण पोखरा आसपासमा मकै बालीमा क्षति

makai-bali

पोखरा ।  हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ ।

आज दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए ।

आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पु¥याएको उनले बताए । मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो ४.०० बजे पछि हावा हुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि जोगाएर खान मुस्किल भएको बताउँछन् । हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पु¥याएको कृषकहरूको गुनासो छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ