वासिङ्टन राज्यमा नागरिकलाई उत्प्रेरित गर्न कोरोना खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार !

वासिङ्टन राज्यमा नागरिकलाई उत्प्रेरित गर्न कोरोना खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार !

ganja

एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम घटेपछि नागरिकलाई उत्प्रेरित गर्न अनौठो उपहार प्याकेज ल्याइएको  छ ।

वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।

यसअघि अमेरिकाको एरिजोना राज्यले कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् । केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।

अमेरिकामा अप्रिलदेखि मानिसहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम लगातर घटेको छ । खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds