काठमाडौँ । नेपाली कांग्रेसले बजेटमा ल्याइएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन स्थापित क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरोकार पक्षले गम्भीर प्रश्न उठाइसक्दा पनि सरकारले राखेको मौनताप्रति असन्तुष्टि व्यक्त गरेको छ । अर्बुद रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहन र बढावा दिन जरुरी रहेको जनाउँदै कांग्रेसले त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठान भरपर्दो आधार भएको जनाएको छ ।
विसं २०४६ को परिवर्तनपछि कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पताल मुलुकमा छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नवीन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको जनाउँदै सक्षम प्रतिष्ठानलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन र सशक्तीकरण गर्ने योजना उपयुक्त हुने बताएका छन् ।
कांग्रेसले भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउनेबारे गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकार पक्षसँंग छलफलपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जनाउँदै यस्तो संवेदनशील विषय हाल यथास्थितिमा राख्न सरकारसँग आग्रह गरेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ