मन्त्रीपरिषद् विस्तार हुँदै, कास्कीका खगराज गृहमन्त्री

मन्त्रीपरिषद् विस्तार हुँदै, कास्कीका खगराज गृहमन्त्री

khagaraj adhikari 1

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै रहेका मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरेका छन् । ओलीले आजै ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

स्रोतका अनुसार गृह मन्त्रीमा कास्कीका लेखनाथका खगराज अधिकारी नियुक्त हुन लागेका छन् । अधिकारीले यसअघि स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी सम्हालेका थिए ।

कास्कीबाट तीनै क्षेत्रबाट निर्वाचित सांसद मन्त्री पद प्राप्त गर्न सफल भए । पर्यटन मन्त्री रवीन्द्र अधिकारीकाे हेलिकप्टर दुर्घटनामा ज्यान गएकाे थियाे । जगत विश्वकर्मा सुनारले ३ वर्ष खेलकुद मन्त्रालय चलाए ।

नयाँ मन्त्रीहरुले आजै शपथ लिने बताइएको छ ।

स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् :

१ खगराज अधिकारी,गृहमन्त्री

२ नैनकला थापा, सन्चारमन्त्री

३ नारदमुनी राना, वनमन्त्री

४ मोहन वानियाँ, विनाविभागीय

५ ज्वालाकुमारी साह, कृषि मन्त्री

६ राजकिशोर यादव, उद्योग मन्त्री

७। गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८ आशा विक, वन राज्यमन्त्री

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds