गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् ।
बिहिबार प्रदेश सभामा विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा जनमोर्चाले विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर, प्रदेशसभा सदस्य थापा तटस्थ बसेका थिए ।
यसअघि पनि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । पदमुक्त भएका थापा सर्वोच्च गएकोमा न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए ।
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका