पोखरा । शुक्रबार गण्डकीमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४०२ जनामा गरिएको नमुना परीक्षणमा ३७६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १११ जना, तनहुँका ३७ जना, गोरखाका २७ जना, लमजुङका ३२ जना, नवलपुरका ७७ जना र स्याङ्गजाका पाँच जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, पर्वतका ४४ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३१ जना मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४९ हजार ४१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ३०८ पुगेको छ ।
शुक्रबार गण्डकीमा यो महिनाकै सबैभन्दा कम छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखरामा उपचाररत चार जना, गोरखाका एक जना र नवलपुरका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८२३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन