विपद् क्षति न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार गरिने

विपद् क्षति न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार गरिने

krishna-chandra

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन्।

शनिबार साँझ मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उनले मनसुन शुरु भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुन्।

उनले महिलाहरूको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने पनि निर्णय गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ