पोखरा । शनिबार गण्डकीमा नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्री गुरुङलाई सुविधा दिनेबारे छलफल शुरू गरेकाे छ ।
पूर्वमुख्यमन्त्रीलाई केकस्ताे सेवासुविधा दिने भन्ने बारेमा छलफल अघि बढेकाे तर यसबारे कुनै निर्णय भइ नसकेको नयाँ सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे अहिलेसम्म कुनै व्यवस्था नगरिएका कारण संघमा जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई सम्मान र सुविधा दिनुपर्छ भनेर छलफल भैरहेको उनले बताए ।
गएको शुक्रबार प्रदेशका पहिलाे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ अल्पमतमा परेपछि पदमुक्त भएका हुन् । उनी पहिलाे मुख्यमन्त्री हुन् । सात प्रदेश मध्ये सबैभन्दा पहिला ढल्ने गण्डकी सरकार नै बन्याे । काँग्रेसबाट पहिलाे मुख्यमन्त्री बन्ने साैभाग्य पनि कृष्णचन्द्र पाेखरेलले नै पाए ।
पूर्व मुख्यमन्त्रीकाे सेवा सुविधाबारे ऐननियम नभएका बेला गण्डकी सरकारमा अघिल्लाे सरकार ढलेपछि दाेस्राे सरकारले अग्रसरता लिएकाे हाे ।यद्यपी, सामाजिक सञ्जालमा भने सत्ताकाे बागडाेर सम्हाल्ने बित्तिकै सेवा सुविधातिरै ध्यान गएकाे भन्दै आलाेचना सुरू भएकाे छ । कतिले काले-काले मिलेर खाउँ भाले प्रवृत्ति भनेका छन् । केहीले आफू पनि पछि पूर्व नै हुने हाे भन्दै आफ्नै लागि सुविधा हाे भनेर कटाक्ष गरेका छन् ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन