पोखरा। तेस्रो पटक मन्त्री भएका गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै दिएको प्रतिक्रियाको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । भने, धेरैले मनाङेको उक्त भनाई प्रति कडा आलोचना पनि गरेका छन् ।
पृथ्बी सुब्बा गुरुङले विश्वासको मत नपाएर पद गुमाएपछि विपक्षी गठबन्धनले बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्दै प्रदेश प्रमुखलाई बुझाए पनि नयाँ मन्त्री घोषणामा अलमल गरेको भन्दै शनिबार धर्ना बसेका बेला मनाङेले उक्त प्रतिक्रिया दिएका हुन्।
उनले बोलेका छन् -” ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’
गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । यसअघि उनी एमाले नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् ।
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका