गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् ।
सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारबाही गरेको जानकारी दिए। अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने प्रयास गरे पनि उनीहरु सफल नभएको बताए। सेनाको रेडियोमा बोल्दै उनले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहनेछ भने।
जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल–शबाब विरुद्ध सोमाली सेनाले निरन्तर सैन्य कारबाही अघि बढाएको छ । यस क्षेत्रका कैयौं गाउँमा अल–शबाबले नियन्त्रण कायम गर्नुका साथै सेनाका अभियानलाई अबरोध गर्न बारुदी सुरुङ बिछ्याउने गरेका छन् ।
सम्बन्धित खबर
अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु
रुस–युक्रेन युद्धमा गण्डकीका ३ सहित ६ नेपालीको मृत्यु, एक जना युक्रेनमा बन्धक
भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प
इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका