Gandak News
Our News Your Views
Promote your business here Gandaknews

कास्कीका १०५ सहित गण्डकीमा थप ४०८ जनामा कोरोना पुष्टि, ५२५ कोरोनामुक्त

सात जनाको मृत्यु

पोखरा।  बुधबार गण्डकीमा थप ४०८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३८४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १०५ जना, तनहुँका ८७ जना, गोरखाका १६ जना, लमजुङका ५८ जना, नवलपुरका ६९ जना र स्याङ्गजाका आठ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका चार जना, बागलुङका ५६ जना र म्याग्दीका पाँच जना जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५२५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४५ हजार ३४६ पुगेको छ।

बुधबार गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका दुई जना, नवलपुरका दुई जना, तनहुँका एक जना र मुस्ताङका दुई जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८६१ पुगेको निर्देशनालयले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस