गण्डकीका मुख्यमन्त्री बाढी प्रभावित क्षेत्र मनाङमा

गण्डकीका मुख्यमन्त्री बाढी प्रभावित क्षेत्र मनाङमा

krishna-chandra

पोखरा।  गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी प्रभावित मनाङ जिल्लाको अवलोकनमा निस्किएका छन् ।

गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि प्रस्थान गरेका हुन् । उनको साथमा मन्त्री दीपक मनाङे र सांसद चिन्तबहादुर घले पनि गएका छन् ।

यसअघि मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।

प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई मुख्यमन्त्री पोखरेलले विपद्को यस अवस्थामा तत्काल उद्वार एवम् सहयोगमा लाग्न र पूर्वतयारीमा रहन निर्देशन दिएका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ