मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

krishnachandra_pokhrel

पोखरा – मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार गण्डकी प्रदेश सभामा उनले राखेको विश्वासको प्रस्तावमा ३१ सांसदले मत दिएका हुन् । भने, विपक्षीमा रहेका २७ एमाले सांसदले विपक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट १५, माओवादी केन्द्रबाट ११, जनता समाजवादीबाट दुई र जनमोर्चाको तर्फबाट दुई र स्वतन्त्र सांसदको एक मत पाएका थिए ।

५९ सांसद रहेको गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेको थियो।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री पोखरेललाई अब मन्त्रालय विस्तार र मन्त्रालय भागभण्डा गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds