Gandak News
Our News Your Views
Promote your business here Gandaknews

म्याग्दीकी २५ वर्षीया महिलासहित गण्डकीमा थप ११ जनाको मृत्यु पुष्टि, १८४ जनामा संक्रमण

पोखरा ।  शुक्रबार गण्डकीमा थप १८४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८१ जना, तनहुँका २८ जना, लमजुङका एक जना, नवलपुरका २७ जना र स्याङ्गजाका दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका २६ जना, बागलुङका १८ जना र म्याग्दीका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४६ हजार ४२५ पुगेको छ।

शुक्रबार पुनः गण्डकीमा मृतकको संख्यामा वृद्धि भएको छ । विज्ञप्ति अनुसार आज गण्डकीमा ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, म्याग्दीका तीन जना, बागलुङका एक जना, तनहुँका एक जना, नवलपुरका एक जना र गोरखा जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८७६ पुगेको निर्देशनालयले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस