पोखरामा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् । कास्कीकाे पाेखरा१३ कसेरी, खहरेकी ६ वर्षीया बालिकालाई घरमा काेही नभएकाे समयमा ललाइ फकाइ धम्काएर जबरजस्ती करणी गरेकाे अभियाेगमा २३ वर्षीय विशाल परियार पक्राउ परेका छन् । परियारलाई वडा प्रहरी कार्यालय रामबजार पाेखराले बिहीबार पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार साेही ठाँउमा विगत ८ / १० वर्षदेखि अर्काकाे घरमा भाडामा बस्दै आएका मिस्त्री काम गर्ने परियारले बालिकालाई पटक पटक ललाइ फकाइ धम्क्याउने गरेका थिए । बालिकाकाे घरमा काेही नभएकाे समयमा काेठा बन्द गरेर दुर्व्यवहार गरेकाे देखेपछि परिवारकाे सदस्यले खबर गरेका थिए ।
उनलाई जवरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पाेखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
१३औं पोखरा महोत्सवको सह–प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स
पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न
पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
पर्वतीय महोत्सव सकियो
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो