नेपाली स्वास्थ्यकर्मीको प्रसंशा गर्दै डब्ल्युएचओका प्रमुख ग्रेहब्रेयसले भनेः ‘उनीहरु हिरो हुन्’

नेपाली स्वास्थ्यकर्मीको प्रसंशा गर्दै डब्ल्युएचओका प्रमुख ग्रेहब्रेयसले भनेः ‘उनीहरु हिरो हुन्’

coronavirus WHO

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालको मुस्ताङमा स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप खोलामा बोकेर तारिरहेको भिडियो रिट्वीट गर्दै उनीहरुलाई ‘हिरो’ भनेर प्रसंशा गरेका छन् ।

गेहब्रेयसले भिडियोलाई रिट्वीट गर्दै मानिसको स्वास्थ्य बचाउन स्वास्थ्यकर्मीहरु यो हदसम्म गएर काम गरिरहेको भन्दै प्रसंशा गरेका हुन् । उनले लेखेका छन्, ‘जीवन बचाउन स्वास्थ्यकर्मीहरु कति हदसम्म खटिन्छन् भन्ने यहाँ छ । अझै पनि कति धेरै ठाउँमा यी हिरोहरुले खोप पाएका छैनन्, के यो न्यायिक छ?’ उनले सबै ठाउँमा समान मात्रामा खोप वितरण हुनुपर्ने बताउँदै अहिले तत्काल खोप उपलब्ध गराउनुपर्ने लेखेका छन् ।

गेहब्रेयसले ट्विट गरेको उक्त भिडियो १ असारमा मुस्ताङमा खोप लगिरहेका स्वास्थ्यकर्मीहरुकोे हो ।

मुस्ताङको लेतेस्थित छापताङ् खोलामा पानीको वहाव बढेपछि स्वास्थ्यकर्मीहरुले पाइपको सहारामा भ्याक्सिन राखिएको भ्याक्सिन क्यारिअरलाई तारेको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ