Gandak News
Our News Your Views
Promote your business here Gandaknews

बागलुङकी २६ वर्षीया महिलासहित गण्डकीमा थप ५ जनाको मृत्यु पुष्टि, ३४६ जनामा संक्रमण

७९१ संक्रमणमुक्त

पोखरा । शनिबार गण्डकीमा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२६ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १२० जना, तनहुँका ८८ जना, लमजुङका २२ जना, नवलपुरका ३२ जना र स्याङ्गजाका ४० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका आठ जना, बागलुङका २५ जना र म्याग्दीका ११ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार २९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ७९१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४७ हजार २१६ पुगेको छ।

शनिबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की पोखरा -१७ का ४९ वर्षीया महिला, स्याङ्गजा पुतलीबजार नगरपालिका -१ का ८० वर्षीय वृद्ध, म्याग्दी अन्नपूर्ण गाउँपालिका -३ का ५० वर्षीय पुरुष, बागलुङ बडिगाड गाउँपालिका -६ की २६ वर्षीया महिला र तनहुँ भानु नगरपालिका -३ का ७० वर्षीय वृद्ध छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८१ पुगेको निर्देशनालयले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस