धम्पुसबाट पोखरा आँउदै गरेको स्कार्पियो याम्दीस्थित पहिरोमा पर्दा चालक घाइते

धम्पुसबाट पोखरा आँउदै गरेको स्कार्पियो याम्दीस्थित पहिरोमा पर्दा चालक घाइते

yamdii_pahiro

तस्वीरः गणेश पन्त

पोखरातर्फ आँउदै गरेको स्कार्पियो गाडी पोखरा महानगरपालिका वडा नं. १ याम्दी, जौवारीस्थित खसेको पहिरोमा पर्दा एक जना घाइते भएका छन् । बाँकी सकुशल छन् ।

आज बिहान १० बजेतिरको समयमा भएको दुर्घटनामा परी ग ३ च ३३६९ नम्बरको उक्त स्कार्पियोका चालक माछापुच्छ्रे गाउपालिका ७ धम्पुसका २६ वर्षीय अमृत अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । गाडी धम्पुसतर्फबाटै आइरहेको थियो । गाडीमा ३ जना सवार रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए

चालक अधिकारीको हरिचोकमा रहेको मेडिकलमा उपचार गरिएको र अवस्था सामान्य छ । घटनापछि अस्थायी प्रहरी पोष्ट जौबारीबाट प्रहरी सहायक निरीक्षक पूर्ण व. विकको कमाण्डमा खटिएको तीन जनाको प्रहरी टोलीले पहिरोबाट गाडी निकालेको हो ।

टोलीले चल्ने अवस्थामा नरहेको गाडी निकालेर अस्थायी प्रहरी पोष्ट जौबारीमा ल्याइराखेको छ । उक्त सडकमा अहिले कुनै अवरोध नरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds