स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

nishedhagya

स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ