पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग ठाेक्किएर बाइक दुर्घटना, २ जनाकाे मृत्यु

पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग ठाेक्किएर बाइक दुर्घटना, २ जनाकाे मृत्यु

acc (2)

पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्ल रहेका छन् ।

आज बेलुकी अन्दाजी ५ बजेकाे समयमा कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पाेखरा तर्फ आइरहेकाे प्र. ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिप्पर र ग २० प ६०३० नम्बरकाे माेटरसाइकल ठक्कर खाएकाे थियाे । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे थियाे ।

मनिपाल अस्पताल ल्याउनासाथ बिनाेदलाई मृत घाेषणा गरिएकाे र अर्का घाइते भिम बहादुर मल्लकाे उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

घटनामा संलग्न टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरी चाैकी नाैडाँडाबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिप्रका, कास्की पठाएकाे छ । असई जयलाल बुढाकाे नेतृत्वकाे प्रहरी टाेली दुर्घटना लगत्तै घटनास्थल पुगेकाे थियाे ।  – अद्यावधिक गरिएको 

Photo: अन्नपुर्ण कोभिड हेल्पलाइन-Ach Page

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ