पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्ल रहेका छन् ।
आज बेलुकी अन्दाजी ५ बजेकाे समयमा कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पाेखरा तर्फ आइरहेकाे प्र. ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिप्पर र ग २० प ६०३० नम्बरकाे माेटरसाइकल ठक्कर खाएकाे थियाे । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे थियाे ।
मनिपाल अस्पताल ल्याउनासाथ बिनाेदलाई मृत घाेषणा गरिएकाे र अर्का घाइते भिम बहादुर मल्लकाे उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
घटनामा संलग्न टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरी चाैकी नाैडाँडाबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिप्रका, कास्की पठाएकाे छ । असई जयलाल बुढाकाे नेतृत्वकाे प्रहरी टाेली दुर्घटना लगत्तै घटनास्थल पुगेकाे थियाे । – अद्यावधिक गरिएको

Photo: अन्नपुर्ण कोभिड हेल्पलाइन-Ach Page
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो