सात किलो गाँजासहित स्याङ्गजा र गोरखाका ३ जना पक्राउ

सात किलो गाँजासहित स्याङ्गजा र गोरखाका ३ जना पक्राउ

gaaja 3 yubak

पोखरा । पोखराको वुद्धचोकबाट अवैध गाँजासहित तीन जना पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं -१० वुद्धचोक स्थित केही मानिसहरुले लागु औषध गाँजाको कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले सात किलो ८५२ ग्राम अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा जिल्ला आरुघाट गाउँपालिका -२ मान्बु घर भइ हाल पोखरा -१० वुद्धचोक बस्ने २९ वर्षीय लेख बहादुर गुरुङ, स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका -४ घर भइ हाल पोखरा -५ मालेपाटन बस्ने २८ वर्षीय दिपेन्द्र विक र स्याङ्गजा पुतलीबजार नगरपालिका -१ राङभाङ घर भइ हाल पोखरा मालेपाटन बस्दै आएका २६ वर्षीय सुजन गुरुङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds