कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कुश्मा नगरपालिकाले आज सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ७५ करोड २९ लाख बराबरको बजेट सार्वजनिक गरेको हो ।
विनीयोजित रकममध्ये प्रशासनिक खर्चतर्फ रु १५ करोड विनीयोजन गरिएको छ । बजेटमध्ये नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु १४ करोड १५ लाख, गण्डकी प्रदेशबाट रु एक करोड ६७ लाख, राजस्व वाँडफाँटबाट प्राप्त हुने रु ८ करोड ८३ लाख २० हजार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय गरी उक्त बजेट प्रस्ताव गरिएको हो ।
बजेटमा समपूरक कोषतर्फ रु २ करोड ५० लाख, सामाजिक विकासतर्फ रु १ करोड तथा आकश्मिक कोष÷प्रकोप व्वस्थापन कोषमा ४५ लाख विनीयोजन गरिएको छ । कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना भाइरस रोकथामलगायत स्वास्थ्य क्षेत्रमा रु ५ करोड ८१ लाख विनीयोजन गरेको छ ।
शिक्षातर्फ रु २९ करोड ५५ लाख, कृषि क्षेत्रका एक करोड ११ लाख र पूर्वाधारतर्फ रु ८ करोड १६ लाख विनीयोजन गरेको छ । कुश्मामा घण्टाघर निर्माणका लागि रु ५० लाख विनीयोजन गरिएको छ भने जेष्ठ नागरिक दिवसा सेवा केन्द्र स्थापनाका लागि रु २ करोड २६ लाख विनीयोजन भएको छ । त्यस्तै मानिवय विकासका लागि रु ७० लाख र न्यायिक समितिलाई रु १४ लाख विनीयोजन गरिएको छ । नगरपालिकाले सञ्चार क्षेत्रका लागि रु १० लाख विनीयोजन गरेको छ ।
नगरसभामा नगरप्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यकाल अन्तिम चरणमा आएको बताउँदै कुश्मा नगरपालिकालाई समृद्ध नगर बनाउन सफल भएको बताए । सो अवसरमा उपप्रमुख सीता काफ्ले लामिछानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । सातौँ नगरसभाले विनीयोजन विधेयक र आर्थिक विधेयक र ऐनसमेत पारित गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?