गण्डकी सरकारमा पदको भागवण्डा मिलेन, आचार्य र गुरुङ अझै बिना विभागीय

गण्डकी सरकारमा पदको भागवण्डा मिलेन, आचार्य र गुरुङ अझै बिना विभागीय

krishnachandra_pokhrel

पोखरा । गण्डकी प्रदेश सरकारले आजपनि दुई मन्त्रीको टुंगो लगाउन सकेन । सरकारका ४ विनाविभागीय मन्त्रीहरुलाई आइतबार जिम्मेवारी दिने भनिएपनि आज दुई जनालाई मात्र जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

आज जिम्मेवारी पाउनेमा कांग्रेस सांसद कुमार खड्का र माओवादीबाट माननीय मधुमाया अधिकारी गुरुङ रहेका छन् । खड्कालाई शिक्षा संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकासको जिम्मेवारी दिइएको छ भने, अधिकारीले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी पाएकी छन् ।

यता विना विभागीय रहेका माननीय राजीव गुरुङ र माननीय हरिशरण आचार्यको भने कार्यविभाजन नमिल्दा आज पनि जिम्मेवारी पाएका छैनन् । उनीहरुले मागेको मन्त्रालयमा सहमति जुट्न नसकेपछि जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङे विना विभागीय नै रहेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds