पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीबाट सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले यहाँ आफ्नो एक वर्षको कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
पत्रकारसँग बिदाई भेटघाटमा एसपी श्रेष्ठले एक वर्षको कार्यकालमा भएगरेका मोटामोटी काम कारबाही सार्वजनिक गर्दै आफ्नो कार्यकाल सफल भएको महसुस गरेको सुनाए । ‘कस्केली समुदाय, मातहतका सहकर्मीको साथ, सहयोगले आफ्नो जिम्मेवारी पूरा गरेँ । सबैलाई धन्यवाद दिन चाहन्छु ।’ – एसपी श्रेष्ठले भने ।
प्रहरी प्रधान कार्यालयको निर्णयानुसार २०७७ असार ८ गते कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी श्रेष्ठको २०७८ असार ८ गते सरुवा भएको थियो । उनको लागूऔषध अनुसन्धान व्यूरो काठमाडौंमा सरुवा भएको छ । कास्कीमा एसपी रमेश थापा आएका छन् ।
एसपी श्रेष्ठले आफ्नो कार्यकालमा कास्कीमा एक हजार १० मुद्धा दर्ता भएको र विभिन्न मुद्धामा एक हजार ११५ जना व्यक्ति पक्राउ परेर कानूनी दायरामा ल्याइएको बताए । यसमा १६ जना विदेशी नागरिक पनि रहेको उनले बताए । एक वर्ष अवधिमा ज्यान मार्ने उद्योग, लागुऔषध, सवारी ज्यान, जबरजस्ती करणी लगायतको कसुरमा २ सय ७० पुरुष र १४ महिला गरी कुल २ सय ८४ फरार व्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
एक वर्षको कार्यकालमा ७९ लाख सात हजार ८०० रुपैयाँ जरीवाना स्वरुप संकलन गरिएको एसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक वर्षमा बैंकिङ कसुरमा २१ पक्राउ गरिएको जसमा एउटै व्यक्तिलाई नौ वटासम्म बैंकिङ कसुर लागेको छ ।
कास्कीका ३२ वटा जुवा खालबाट २१४ जना पक्राउ र २१ लाख ८० हजार ४५३ रुपैयाँ बरामद भएको उनले बताए । एसपी श्रेष्ठले आफ्नो कार्यकालमा प्रहरी चौकीको भवन निर्माण लगायतका केही काम बाँकी नै रहेकाले छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कोरोना संक्रमणको पहिलो भेरियन्टमा कास्कीमा २३७ जना प्रहरी पीडित भएको र हाल १० जना संक्रमित त्यसमा पनि ३ जना सक्रिय संक्रमित रहेको उनले बताए । एसपी स्वयं पनि कोरोना संक्रमणबाट पीडित बनेका थिए ।
उनले सार्वजनिक गरेको कार्यविवरणमा शान्तिसुरक्षा तथा अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक समाज लक्षित सचेतना तथा अक्सिजन ग्याँस सिलिण्डर व्यवस्थापन लगायतका कार्यक्रमहरु समावेश छन् । दोस्रो भेरियन्टको कोरोना भाईरसको महामारी बढेसँगै भएको अक्जिसनको अभावलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रबाट संकलित ३ सय ७ सिलिन्डर फिर्ता गरिने गरी अस्पतालहरुलाई प्रदान गरिएको समेत बताएका थिए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु