पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर एक युवकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका १७ काउछेघारीस्थित फुस्रेखोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्जाका २६ वर्षीय युम बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार मृतक स्याजाङको बिरुवा गाँउपालिका ७ डिही घर भइ हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए । उनलाई आज बिहान सवा १० बजे माछा मार्ने क्रममा फुस्रे खोलाले ५ सय मिटर जति बगाएर ब़ीच भागमा अड्काएको थियो ।
घटना पश्चात वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङको कमाण्डमा खटिएको ११ जनाको टोलीले सशस्त्र प्रहरीको रेश्क्यु टोलीको सहयोगमा मृत अवस्थामा खोलाबाट बाहिर निकालेको हो ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरिक्षक तेजबहादुर सार्कीको कमाण्डमा खटिएको ८ जनाको टोलीले मृतक गुरुङको शव दिउसो सवा १२ बजे बाहिर निकाले हो । शव पोष्टमार्टमका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरमा पठाइएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
इण्डो नेपाली फिल्म ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने
एमाले अध्यक्ष ओली बागलुङमा, पर्वत हुँदै पोखरा आउँदै
पोखराको एनसेल कार्यालयअघि अनेरास्ववियुको प्रदर्शन
संकल्प यात्राको प्रचारप्रसारका लागि प्रेस चौतारीको तयारी, जिम्मेवारी तोकियो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका