काठमाण्डौ । जातकै कारण कोठा नदिएको आरोप लागेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन् ।
उनले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।
‘रुपाले आवश्यकतानै नपरी बहानाबाजी गरेर कोठा भाडामा मागेको, मन्जुरी बिना फोन कल रेकर्ड गरेको र आफैले म कामिकी छोरी ‘हुँ’ भन्दै आफैलाई अपमान गरी होच्याएर जबर्जस्ती कोठा भाडामा दिन दबाव दिंदै क्षुद्र व्यवहार देखाएको’ सरस्वतीले निवेदनमा लेखेकी छन् । साथै उनले ‘आफूले कोठा भाडामा दिन नमिल्ने बताउँदा गदगद हाँसेको र भोलीपल्ट अर्थात् असार ३ गते महानगरीय प्रहरी वृत सिंहदरवारमा जातिय भेदभाव तथा छुवाछुत कसूरमा जाहेरी दिएर जालसाझी गरी आफूलाई पक्राउ गराएको’ उल्लेख गरेकी छन् ।
‘रुपाले निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिनापिसिआर रिपोर्ट खुल्लेआम टोलटोलमा आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको,’ पनि सरस्वतीले निवेदनमा जनाएकी छन् ।
उनलेर घरधनी श्रीमान् र सासु भएको भन्दै आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्।
असार १ गते सुनारलाई थरकै कारण कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले ३ दिन हिरासतमा लिएर छाडेको थियो ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन