पोखरा । शुक्रबार गण्डकीमा थप ३७९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १८६ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३९० जनाको परीक्षण गर्दा १९४ जना, तनहुँका १८३ जनाको परीक्षणमा ४४ जना, गोरखाका ४० जनाको परीक्षणमा नौ जना, लमजुङका ८८ जनाको परीक्षणमा १४ जना, नवलपुरका ११४ जनाको परीक्षणमा ४६ जना र स्याङ्गजाका ८२ जनाको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ७६ जनाको परीक्षणमा १० जना, बागलुङका ९९ जनाको परीक्षणमा २७ जना म्याग्दीका ८९ जनाको परीक्षणमा २१ जना र मुस्ताङ जिल्लाका १९ जनाको परीक्षणमा दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ५७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ११६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ३७७ पुगेको छ।
शुक्रबार गण्डकीमा दुई जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुने दुवै जना तनहुँ जिल्लाका छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५८ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो