जिन्दगी – एक खेल

जिन्दगी – एक खेल

Yagraj paudel
  • यज्ञराज पौडेल

जिन्दगी कसरी चल्दैछ भनेर
प्रश्न सोध्नेहरु धेरै हुन्छन् ।
तर,
म छु है भन्नेहरु चाहिँ विरलै हुन्छन् ।
अक्सर मान्छेहरु
हरेक मान्छेको जिन्दगीमा
रमिते बनेर आएका हुन्छन् ।
जिन्दगीका उकाली ओरालीमा
कहिल्यै काम नलाग्ने उनीहरु
अरु कसैको
जितमा पनि खुसी हुँदैनन् ।
हरमा पनि दुखी हुँदैनन् ।
र पनि वारम्वार प्रश्न उठाइरहन्छन्
हरेक हाारजितहरुमा ।

प्राय खेलको नियम जस्तै
जिन्दगीको खेलको पनि
एउटै प्राकृतिक रित हुन्छ
चाहे हार होस या जित
बस आफ्नो खेलिरहनु ।

जसरी एउटा माघले जाडो जाँदैन
एउटा खेल जितेर
लगाएको तक्माको उन्मादले
कैयौ खेलहरु हराइदिन सक्छ ।
एउटा खेल हारेर सिकेको पाठले
जिन्दगीका हर मुश्किललाइ जित्ने
पाठ सिकाइदिन सक्छ ।

त्यसैले साथी
सम्हालिएर खेल्ने हिम्मत जुटाउ
फगत एउटा हारले सकिदैन
खेल्नु छ थुपै खेलहरु
जिन्दगीेले अन्तिम सिठी नफुकिञ्जेलसम्म
प्रमाणित गर्नु छ,
आँफु मैदानमा उत्रिनुको कारण
जिन्दगीको खेलमा ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ