पोखरा । नेपाली कांग्रेसका नेता रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका ६५ वर्षीय कुवँरको आज निधन भएको काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कुँवरको कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन । उनको उपचारकै क्रममा शिक्षण अस्पताल, काठमाण्डौमा निधन भएको सिग्देलले जनाए । ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष कुवँर ४ वर्ष अघि पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।
२०१३ साल असोज ४ गते पोखराको बैदाममा जन्मिएका कुँवर वि.सं. २०३६ सालमा नेपाली मजदुर आन्दोलनलाई केन्द्रमा राखेर राजनीतिमा होमिएका थिए । कुँवर कास्की क्षेत्र नं. ३ सभापति हुँदै पार्टीका आमन्त्रित केन्द्रिय सदस्य पनि बनेका थिए ।
पार्टीको १० औं महाधिवेशनदेखि कुँवर लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य थिए । कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका सस्थापक केन्द्रिय सदस्य हुन्। उनी सचिव, उपाध्यक्ष हुँदै लगातार दुई पटकसम्म वरिष्ठ केन्द्रिय उपाध्यक्षमा आसिन रहे । २०३६ साल र दोस्रो जनआन्दोलनमा उनी प्रहरीको हिरासतमा पनि परे । वल्र्ड काँग्रेसमा सहभागिताका साथै कामका सिलसिलामा दुई दर्जन मुलुक उनले भ्रमण गरिसकेका थिए ।
पब्लिक हेल्थ विषयमा भारतबाट स्नातक गरेका थिए । विभिन्न स्वास्थ्य संघसंस्थामा आजीवन सदस्य, विद्यालयहरुमा आजीवन सदस्य समेत थिए । २०५० मा स्वास्थ्यकर्मीको जागिर छाडेपछि त्यसयता उनी निरन्तर पार्टीमा क्रियाशील थिए । मिलनसार र नम्र स्वभावका कुँवर ईमान्दार कार्यकर्ताका रुपमा चिनिन्छन् ।
लामो समयदेखि पार्टीमा योगदान गरेका कुँवरलाई सिफारिस भएका ३३ जना नाममध्येबाट कांग्रेसले मेयरको उम्मेदवारका रुपमा छनौट ग¥यो । तर, उनी नेकपा एमालेका मानबहादुर जिसीसँग पराजित भएका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो