पोखरा । नेपाली फुटबलमा सर्वाधिक सफल फुटबल टीममध्येको एक मनाङ मस्र्याङ्दी क्लब (एमएमसी) ले पोखरालाई आफ्नो ‘होम ग्राउण्ड’ बनाउन गरेको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहमति प्रदान गरेको छ ।
क्लबको प्रस्तावलाई सहमति प्रदान गरेको खेलपाटीले न्यूज सार्वजनिक गरेको छ । राखेपको यो निर्णयसंगै मोफसलमा जाने मनाङ पहिलो क्लब बन्ने भएको हो ।
काठमाडौंलाई आधार बनाएर फुटबलमा लगानी गरिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने प्रयास थालेको छ । मनाङ जिल्ला गण्डकी प्रदेशमा रहेकाले समेत पोखरालाई घरेलु मैदान बनाउनुपर्ने छलफल क्लबभित्र हुने गरेको थियो । क्लबमा नयाँ कार्यसमिति आएसंगै प्रक्रिया अघि बढेको हो ।
सम्झौता भएसंगै मनाङले राखेपबाट ‘होम ग्राउण्ड’को प्रमाणपत्र प्राप्त गर्नेछ । मनाङ र पोखरा रंगशालाबीचको विस्तृत सम्झौता राखेप अन्तर्गतको जिल्ला खेलकुद विकास समितिसंग हुने जनाइएको छ ।
लिग सहितका अन्य प्रतियोगिता मनाङले पोखरामै खेल्ने गरी करिब ५ वर्षलाई प्रारम्भिक रुपमा पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा उपयोग गर्ने गरी मनाङले सम्झौताको तयारी गरेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो