जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा रामबजारबाट दुई महिला पक्राउ

जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा रामबजारबाट दुई महिला पक्राउ

gaumati-grg

कास्की । युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -१० रामबजार स्थित एक होटलमा राम्रो काममा लगाइदिने आश्वासनमा युवतीलाई राखेर जबर्जस्ती यौन शोषण गराउन खोजेको अभियोगमा कास्की प्रहरीले दुई महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा -१० रामबजारमा होटल संचालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका-१० हंसपुर घर भइ हाल पोखरा रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार उनीहरुले शुरुमा युवतीलाई राम्रै व्यवहार गरेपनि केहिदिन पश्चात होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक देखाई जबर्जस्ती शारीरिक सम्पर्क गर्न दबाव दिंदै आएका थिए ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरु विरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको छ भने, पीडित युवतीलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ