म्याग्दीका ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध

म्याग्दीका ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध

pahiro

म्याग्दी । अविरल वर्षाका कारण खसेको पहिरोका कारण म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी–दरबाङ सडक र बेनी–जोमसोम लगायतका एक दर्जन बढी सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् ।

सडक खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडक संचालनमा आउन अझै दुई दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी, सदरमुकाम बेनी बजार आसपासमा क्षेत्रमा गएको पहिरोका कारण यहाँका विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन् ।

महारानीथान नजिक पनि माथि पाखोबाट ठूलो पहिरो खसेको छ । ठुलाठुला ढुङ्गासहितको पहिरो खसेकाले बेनी नगरपालिका ७ मंगलाघाट बजार जोखिममा परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ