गण्डकी प्रदेश सरकारका दुई जना विना विभागीय मन्त्रीहरुले कार्यभार सम्हालेका छन् । जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले अस्विकार गरेकै मन्त्रालयको जिम्मेवारी लिन बाध्य भएका छन् ।
आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहेका यी दुई मन्त्रीले बल्ल मन्त्रालय लिन तयार भएका हुन् । आचार्यले ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आजैदेखि सम्हालेका छन् । योसँगै सत्ता समिकरणमा देखिएको विवाद केही मत्थर भएको छ ।
यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि काँग्रेसले सहमति तोडेपछि किचलो सुरु भएको थियो ।
अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान कसेका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्यको जिम्मा पाइसकेका छन् ।
बजेटमाथिको छलफलपछि सरकार विस्तार गर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सरकार बनेको १ महिना पुग्नै लाग्दा समेत मन्त्री मण्डलले पूर्णता नपाउँदा सरकारको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । बजेटमाथिको छलफल आइतबारदेखि हुँदै छ । यही महिनाभित्र छलफल सकेर बजेट पास गर्ने सरकारी तयारी छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ