पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध

Pahiro

पर्वत । अबिरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ ।

गएराति पर्वतको कुश्मा नगरपालिका पाङको सहस्रधारामा लेदोसहितको पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

अहिले वर्षात भइरहेकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन अलपत्र बनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ