काठमाडौं बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।
शनिबार पूर्वान्ह १० बजेदेखि सुरु भएको ‘Hemicraniectomy Operation’ सफल भएको पूर्व स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । ‘दुई घण्टासम्म चलेको अप्रेशन सफल भएको छ । उहाँको स्वास्थ्य अवस्था हाल सुधारात्मक रहेको छ ।’ – तिमिल्सिनाले भने ।
उपेन्द्र देवकोटा मेमोरियल अन्तर्गत सञ्चालित न्यूरो अस्पतालका न्यूरो सर्जनहरुको टीमले शल्यक्रिया गरेका हुन् । २२ घण्टा प्रत्यक्ष निगरानीमा उपचार गरेपछि चिकित्सकको टोली शल्यक्रिया गर्ने निर्णयमा पुगेको हो ।
बातचित गर्न सक्ने अवस्थामा रहेका मेयर जिसीलाई औषधिबाटै आराम हुने अपेक्षा गरिएको थियो । आज हल्का स्वेलिङ्ग (सुन्निएको) देखिएपछि अब अप्रेशन नै गर्नु पर्छ भन्दै चिकित्सकहरुले शल्यक्रियाको तयारी गरेका थिए । ४८ घण्टा भित्रै शल्यक्रिया गर्दा उपयुक्त हुने चिकित्सकको निश्कर्ष थियो ।
शुक्रबार बिहान ४ बजे अचानक अप्ठेरो महसुस गरेका मेयर जिसीलाई रानीपौवाको मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मस्तिष्कघात पुष्टि गरेका थिए । डा. बालगोपाल कर्माचार्यसहितका मणिपालका चिकित्सकको सल्लाहमै मेयर जिसीलाई शुक्रबार मध्यान्ह १२ बजे हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।
सम्बन्धित समाचारः
मेयर जिसीको न्यूरो बाँसबारीमा उपचार हुँदै, डाक्टरको प्रत्यक्ष निगरानीमा
मेयर जिसीलाई मनिपालबाट ‘हेलि एभरेष्ट’ मार्फत् काठमाण्डौ लगियो
पोखराका मेयर जिसीलाई मस्तिष्कघात





सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’