दिदीलाई लिएर घरतर्फ फर्कंदै गर्दा खोलाले बगाएर भाई वेपत्ता

दिदीलाई लिएर घरतर्फ फर्कंदै गर्दा खोलाले बगाएर भाई वेपत्ता

Badhi

गोरखा । दिदीलाई लिएर फर्किंदै गर्दा खोलाले बगाएर एक युवक वेपत्ता भएका छन् ।

जिल्लाको चुमनुब्री गाउँपालिका वडा नं -३ घट्टेखोला स्थित ठाडो खोलाले बगाएर सोही स्थान बस्ने ३० वर्षीय विजय गुरुङ बेपत्ता भएको वरिष्ठ प्रहरी उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार साउन १ गते चाडबाडका दिन राति अन्दाजी ९ बजेको समयमा दिदीलाई लिएर घर तर्फ फर्कंदै गर्दा ठाडो खोलामा रहेको काठको पुलबाट दिदीलाई तार्ने क्रममा खोलामा खसेर उनी वेपत्ता भएका हुन्।

घटना रातिको भएको कारण शनिबार बिहान मात्रै जानकारी आएपछि प्रहरी र स्थानीयको टोलीले अहिले गुरुङको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ